“त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
आज त्रिशूली रोएको छ,
ढलेका घरका भित्तासँगै
कसैको सपना ढलेको छ,
कसैको आँगन सुनसान भएको छ,
कसैको बाल्यकालका सम्झनाहरू
भग्नावशेषभित्र पुरिएका छन्।
तर सुन त्रिशूली—
तिम्रा ढुंगा फुटेका हुन्,
हाम्रो हिम्मत फुटेको छैन।
तिम्रा संरचना ढलेका हुन्,
हाम्रो भविष्य ढलेको छैन।
आँसु पुछौँ,
तर तथ्य नलुकाऔँ।
पीडा सम्झौँ,
तर तथ्याङ्क पनि लेखौँ।
कति घर ढले?
कति परिवार विस्थापित भए?
कति विद्यालय मौन भए?
कति सडक र पुलले आफ्नो यात्रा गुमाए?
कति व्यवसाय रोकिए?
कति रोजगारी हराए?
हरेक आँसुको मूल्याङ्कन होस्,
हरेक क्षतिको अभिलेख होस्,
हरेक पीडितको आवाज तथ्याङ्कमा समेटियोस्।
कुल क्षति कति?
पुनर्स्थापना लागत कति?
पुनर्वासका लागि कति?
पुनर्निर्माणका लागि कति?
अंक केवल अंक होइन—
हरेक अंक पछाडि एउटा परिवार छ,
एउटा सपना छ,
एउटा जीवन छ।
अब हामी केवल बनाउने होइनौँ, बुझेर बनाउनेछौँ
धरतीले दिएको संकेत पढौँ,
पहाडको भूगर्भ बुझौँ,
नदीको स्वभाव बुझौँ,
पानीको बहाव नापौँ,
माटोको शक्ति जाँचौँ।
कहाँ बस्ने?
कहाँ नबस्ने?
कहाँ निर्माण गर्ने?
कहाँ प्रकृतिलाई आफ्नै बाटो हिँड्न दिने?
अब यी प्रश्नको उत्तर
अनुमानले होइन—
विज्ञानले दिनेछ।
भूकम्पको जोखिम नक्सा बनाऔँ,
बाढीको सम्भावित क्षेत्र पहिचान गरौँ,
पहिरोको संवेदनशीलता अध्ययन गरौँ।
GIS र remote sensing बाट
त्रिशूलीको प्रत्येक जोखिम क्षेत्र बुझौँ।
Data बोलोस्,
Evidence बोलोस्,
Science ले निर्णय गरोस्।
भग्नावशेषमाथि केवल भवन होइन, भरोसा बनाऔँ
फेरि घर बनाउँदा
त्यही कमजोरी नदोहोऱ्याऔँ।
भूकम्प प्रतिरोधी संरचना बनाऔँ,
माटो परीक्षण गरेर जग हालौँ,
गुणस्तरीय सामग्री प्रयोग गरौँ,
निर्माणको प्रत्येक चरण परीक्षण गरौँ।
किनकि—
एउटा कमजोर स्तम्भ
भोलि एउटा परिवारको आँसु बन्न सक्छ।
एउटा गलत डिजाइन
भोलि एउटा पुस्ताको पीडा बन्न सक्छ।
त्यसैले
नक्सा पास मात्र होइन,
risk assessment पनि होस्।
निर्माण मात्र होइन,
quality assurance पनि होस्।
नदीसँग युद्ध होइन, सहअस्तित्व
त्रिशूलीको नदीलाई दोष नदिऔँ,
नदी त आफ्नो बाटो बगिरहेको छ।
हामीले उसको स्वभाव बुझ्नुपर्छ,
उसको बहावसँग हाम्रो विकास मिलाउनुपर्छ।
नदीको किनार अतिक्रमण नगरौँ,
प्राकृतिक जलनिकास नरोकिने बनाऔँ।



प्रतिकृया दिनुहोस्