इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए

इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुरका ३२ वर्षीय जनक राईलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते जनक राईविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसपछि एनसिबी कतार (दोहा) को समन्वयमा उनलाई कतारमा पक्राउ गरिएको हो।

बुधबार सम्बन्धित कानुनी कारबाहीका लागि उनलाई नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।

प्रहरीका अनुसार उनलाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइनेछ।