भिम बहादुर थापा ECAN सह-कोषाध्यक्षमा उम्मेदवार, नेतृत्व र दक्षतामा विश्वास

भिम बहादुर थापा ECAN सह-कोषाध्यक्षमा उम्मेदवार, नेतृत्व र दक्षतामा विश्वास

काठमाडौँ। प्रतिष्ठित नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी कार्यसमितिका लागि श्री भिम बहादुर थापा ले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। आगामी पुस २८ गते हुने ECAN को केन्द्रीय निर्वाचनमा उहाँ लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ नेतृत्वको प्यानलबाट सदस्य पदका सशक्त प्रत्यासीका रूपमा मैदानमा उत्रिनुभएको हो।

Dream On Educational Consultancy Pvt. Ltd. का प्रतिनिधि श्री थापा आफ्नो गतिशील र परिणाममुखी पेशागत व्यक्तित्वका लागि परिचित हुनुहुन्छ। उहाँले समय, संसाधन र संस्थाका चुनौतीहरूलाई गहिरोसँग बुझ्दै टोलीगत काम, रणनीतिक सोच र वित्तीय व्यवस्थापनलाई सन्तुलित रूपमा अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

व्यावहारिक, सहयोगी र परिणाममुखी नेतृत्वशैलीका धनी श्री थापाले ECAN को नेतृत्वमा सन्तुलन, दक्षता र पारदर्शिता ल्याउने क्षमता राख्नुहुन्छ। उहाँको उम्मेदवारीले संघमा नयाँ ऊर्जा र दृढ नेतृत्व थप्ने विश्वास जगाएको छ।

प्यानलका नेताहरूले पनि उहाँको अनुभव र दूरदर्शितामा पूर्ण विश्वास व्यक्त गर्दै सह-कोषाध्यक्ष पदका लागि मत दिने आह्वान गरेका छन्।