सञ्चार मन्त्री आज ‘एक्सन मोड’मा ! कांग्रेस–एमाले–माओवादी कार्यालयमा लगातार स्थलगत अवलोकन
काठमाडौँ, पुस ८ (मंगलबार) — देशको राजनीतिक तापक्रम चुलिँदै जाँदा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज दिनभर सक्रिय रहने कार्यक्रम सार्वजनिक भएको छ। सरकारको उच्चस्तरीय राजनीतिक पहल अन्तर्गत मन्त्रीज्यूले प्रमुख राजनीतिक दलका कार्यालयमा प्रत्यक्ष स्थलगत अवलोकन गर्ने तयारी गर्नुभएको हो।
सरकारको उच्चस्तरीय राजनीतिक वार्ता समितिका संयोजक मन्त्री अनिल सिन्हासहितको टोलीले आज तीन ठूला दलका मुख्यालय पुगेर अवस्थाको प्रत्यक्ष मूल्याङ्कन गर्नेछ।
११:०० बजे — नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा
सरकारको उच्चस्तरीय राजनीतिक वार्ता समिति संयोजक मन्त्री अनिल सिन्हासहित स्थलगत अवलोकन
१:०० बजे — नेकपा (एमाले) पार्टी कार्यालय, च्यासल
सरकारद्वारा स्थलगत अवलोकन
३:०० बजे — नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी कार्यालय, पेरिसडाँडा
सरकारको स्थलगत अवलोकन
राजनीतिक सन्देश स्पष्ट—संवाद, निरीक्षण र समाधान
निर्वाचन नजिकिँदै गएको अवस्थामा सरकारले संवाद र सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ। आजको कार्यक्रमलाई राजनीतिक तनाव न्युनिकरण र विश्वास निर्माणतर्फको निर्णायक कदम का रूपमा हेरिएको छ।
आजका अवलोकनपछि सरकारको अर्को कदम के हुन्छ ?
राजनीतिक वृत्तको नजर अब सञ्चार मन्त्रीको आजको गतिविधिमा केन्द्रित छ।



प्रतिकृया दिनुहोस्