पृथ्वी जयन्तीलाई भव्य बनाउने तयारी! राप्रपाले बनायो लिङ्देन नेतृत्वको मूल समिति

पृथ्वी जयन्तीलाई भव्य बनाउने तयारी! राप्रपाले बनायो लिङ्देन नेतृत्वको मूल समिति

काठमाडौँ ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउने तयारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुटेको छ। यसैक्रममा राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पुस २७ गते मनाइने पृथ्वी जयन्तीका लागि मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरिएका छन्। राप्रपाले २०६४ सालदेखि निरन्तर पृथ्वी जयन्ती मनाउँदै आएको छ।

कसलाई के जिम्मेवारी?
मञ्च व्यवस्थापन तथा जलपान : पार्टी केन्द्रीय सचिवालय
अतिथि सत्कार तथा निमन्त्रणा वितरण : महामन्त्री भुवन पाठक
स्वयंसेवक परिचालन : युवा संगठन, विद्यार्थी संगठन र युवा मोर्चा
र्‍याली तथा झाँकी :

  काठमाडौँ – नवराज सिंखडा
  भक्तपुर – अर्जुन कार्की
  ललितपुर – अष्ट महर्जन

नेवा: झाँकी : राजेन्द्र प्रजापतीनूरज बज्राचार्य
सुरक्षा निकाय समन्वय : दीपक रन्जित
सांस्कृतिक कार्यक्रम संयोजन : मिलन मोक्तान

अतिथि सत्कार समिति
महामन्त्री भुवन पाठक संयोजक रहेको समितिमा श्यामबहादुर शाही, जयन्तनाथ खनाल, भरत प्रसाद पाठक, वरिष्ठ अधिवक्ता राजु बस्नेत, दिनेश कार्की, आशा लामा, स्वाती थापा, खुस्बु ओली, बिना लामा, दीपक रन्जित, सुरेन्द्रबहादुर पाण्डे सदस्य छन् भने रहरबहादुर खड्का सदस्य सचिव रहेका छन्।

विविध कार्यक्रम तय गर्न छुट्टै समिति
उपाध्यक्ष उद्धब पौडेलको संयोजकत्वमा गठन समितिमा हिक्मतजंग कार्की, सजिना कार्की, जनकराज पाठक, आशा लामा र राजेन्द्र प्रजापति सदस्य छन्।

प्रचार संयोजन पनि तयार
प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा जनकराज पाठक र उद्धबराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरिएको छ।

पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

राजनीतिक सन्देशसहितको भव्य शक्ति प्रदर्शन हुने संकेत!
पृथ्वी जयन्ती यसपटक कति प्रभावशाली हुन्छ? सबैको नजर पुस २७ मा