रुरु क्षेत्र विकास समाजको चौथो साधारणसभा तथा पारिवारिक बनभोज कार्यक्रम मञ्जुश्री पार्कमा भव्य रूपमा सम्पन्न
रुरु क्षेत्र विकास समाजको चौथो साधारणसभा तथा सम्पूर्ण वडा स्तरीय समाजको संयुक्त आयोजनामा आयोजित पारिवारिक बनभोज कार्यक्रम काठमाडौँस्थित मञ्जुश्री पार्कमा अत्यन्तै उत्साहपूर्ण र भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व सांसद कमल श्रेष्ठ, रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, पूर्व मुख्य सचिव लिलामणि पौड्याल, सचिव रवि पन्त, महादेव पन्त लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै समाजका अग्रज, अभिभावकज्यूहरू, आजीवन सदस्यज्यूहरू, आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको व्यापक सहभागिताले कार्यक्रमलाई अझै सफल र स्मरणीय बनाएकोआयोजकले जनाएको छ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिनु हुने पारिवारिक बनभोज व्यवस्थापन समितिका संयोजक डा. कविराज पौड्याल तथा सदस्यहरू गंगा ज्ञवाली, ध्रुव ज्ञवाली, कृष्ण ज्ञवाली, जानुका ज्ञवाली, सुनिल गौतम, जुना श्रेष्ठ, डा. फडिन्द्र भण्डारी, नरेन्द्र बस्नेत, टेकराज ज्ञवाली र साबित्रा गौतम प्रति आयोजक समितिले विशेष आभार व्यक्त गरेको छ।
त्यसैगरी कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्नु हुने कार्यसमितिका उपाध्यक्ष, सचिवलगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, साथै वडा स्तरीय समाजका अध्यक्ष एवं पदाधिकारीज्यूहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। सहभागी सबैलाई आत्मीय आतिथ्यका साथ स्वादिष्ट भोजन उपलब्ध गराउने क्याटरिङ परिवारप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको छ।
सहभागी सबैको साथ, सहयोग र एकताका कारण कार्यक्रम पूर्ण रूपमा सफल भएको जनाउँदै आयोजकले आगामी दिनहरूमा पनि यस्तै निरन्तर सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरेको छ।
Source: Dr. Laxmi Paudyal



प्रतिकृया दिनुहोस्