एमाले महाधिवेशनले राष्ट्रिय राजनीतिलाई सकारात्मक सन्देश दियो: प्रदीप ज्ञवाली
- thantikhabar
- December 18, 2025
219
SHARES
काठमाडौं, पुस ३ — नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११औँ राष्ट्रिय महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ।
अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान प्रक्रिया सम्पन्न भएपछि नेता ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको उल्लेख गर्नुभयो। उहाँले भदौको अन्तिम सातापछिका घटनाक्रमका आधारमा निर्माण गरिएको नकारात्मक भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा देखिएको विशाल जनसहभागिता र नेतृत्व चयनका क्रममा भएको स्वस्थ, सौहार्दपूर्ण तथा कमरेडली प्रतिस्पर्धाले कमजोर बनाएको बताउनुभएको छ।
नेता ज्ञवालीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भन्नुभयो, “नेतृत्व निर्माणका लागि भएको लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ।” उहाँका अनुसार महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक अभ्यासको प्रभाव पार्टीभित्र मात्र सीमित नरही देशको राजनीतिमा समेत सकारात्मक रूपमा पर्नेछ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको हो। कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ।
महाधिवेशनमा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गरिएको थियो। ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिताले पार्टी संगठनको सक्रियता र महाधिवेशनप्रतिको उच्च चासो प्रष्ट पारेको नेताहरूले विश्लेषण गरेका छन्।
Source : Nabaraj Pathik
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्