गोरखामा राजनीतिक तरंग! क. रामशरण बस्नेतप्रति जनलहर तीव्र

गोरखामा राजनीतिक तरंग! क. रामशरण बस्नेतप्रति जनलहर तीव्र

गोरखा — नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा गोरखा जिल्लाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार क. रामशरण बस्नेत जनसमर्थनको केन्द्रमा देखिन थालेका छन्। पार्टी संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र निष्ठावान नेतृत्वका कारण उनीप्रति कार्यकर्ता तथा प्रतिनिधिहरूको आकर्षण दिनानुदिन बढ्दो छ।

स्थानीयदेखि केन्द्रसम्मको राजनीतिक अनुभव बोकेका बस्नेतलाई “जरा–जनतासँग जोडिएको नेतृत्व” का रूपमा हेरिएको छ। गोरखामा मात्र होइन, देशभरबाट आएका प्रतिनिधिहरूले उनको उम्मेदवारीलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।

अनुशासन, संघर्ष र समर्पणको प्रतीक
एमालेको भविष्य निर्माणमा भरोसायोग्य नाम

पार्टी भित्रको एकता, विचार र संगठनलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम नेतृत्वका रूपमा उनको नाम चर्चामा छ। समर्थकहरू भन्छन्—
“अत्यधिक मतले विजय गराऔँ!”

महाधिवेशन नजिकिँदै गर्दा गोरखाबाट उठेको यो राजनीतिक लहर अब राष्ट्रिय बहसको विषय बन्दै गएको छ।