‘मलेशिया कर्निभल २०२५’ काठमाडौंमा धमाकेदार तयारी – हजारौँ दर्शक आकर्षित हुने अपेक्षा
काठमाण्डौँ ! मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास,काठमाडौँ ,नेपालको सहकार्यमा बि.स २०८२ मंगसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ । मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स, ग्याजेटहरूको प्रदर्सनी हुन गैरहेको छ।
मलेसियाको दूतावास, काठमाडौंले स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा आयोजना गर्ने यस कार्निवलमा युवा सहभागी वर्गलाई आकर्षित गर्न रोचक खेलकुद प्रतियोगिताहरू पनि समावेश गरिएको छ । जसमा निम्नलिखित खेलकुद कार्येक्रम रहेको छन् ;
• पहिलो हाई स्कूल बास्केटबल कप २०८२ (महिला टोली) – मंगसिर १३ र १४
• पहिलो हाई स्कूल फूटसल कप २०८२ (पुरुष टोली) – मंगसिर १३ र १४
• पहिलो भेटेरन बास्केटबल कप २०८२ (पुरुष टोली) – मंगसिर १३ र १४
यस कर्निवल को उद्देश्य नेपालका अधिक पर्यटकहरूलाई मलेसिया भ्रमण गर्न प्रोत्साहित गर्नु हो, जसका लागि विजिट मलेसिया २०२६ अभियान हुन गैरहेको छ। २०२६ मा विजिट मलेसिया मनाउनको लागि तयारी गर्दै, कार्निवलमा विशेष यात्रा प्याकेजहरू र अफरहरु पनि प्रदान गरिदै छ जसले नेपाली यात्रुहरू बीचमा बढि चासो उत्पन्न गर्न मद्दत गर्नेछ।
यस कार्यक्रमले ३,००० भन्दा बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा प्रतिष्ठित विद्यालय र कलेजका विद्यार्थीहरू, अभिभावकहरू, र कर्पोरेट क्षेत्रमा संलग्न अतिथिहरू समावेश हुनेछन् जसले गर्दा एक अर्कामा सम्बन्ध विस्तार गर्न मदत गर्दछ। श्रोत : प्रेम पौडेल



प्रतिकृया दिनुहोस्