शान्ति खोज्दै थाकेका मनहरूको कथा – दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत मिडिया ठाँटी प्रा. लि.
शान्ति खोज्दै थाकेका मनहरूको कथा –
हामी सबैका भित्री कोठामा एउटा अदृश्य युद्ध चलिरहेको हुन्छ—कसैलाई बदल्ने, कसैलाई बुझाउने, कसैलाई नियन्त्रण गर्ने अनवरत संघर्ष।
अनि यही संघर्षले सबैभन्दा धेरै थकाउँछ मनलाई।
दैनिक जीवनमा हामी धेरैजसो यस्तो सोच्छौं—
“उहाँ किन बुझेको छैन?”
“उनी किन यत्तिकै कठोर छन्?”
“म भन्छु भने पनि किन बदलिँदैन?”
यिनै प्रश्नहरूले मनको शान्ति चुसिरहन्छन्।
तर वास्तविकता के हो भने—
कसैलाई बदल्ने प्रयासले होइन,
आफूलाई स्वीकार्ने क्षणले शान्ति जन्म लिन्छ।
किन अरूलाई बदल्न खोज्ने?
कहिलेकाहीँ हामी आफूलाई पनि थाहा हुँदैन—
अरूलाई सुधार्न खोज्दै–खोज्दै
आफ्नै ऊर्जा, उत्साह र धैर्य सकाइरहेका छौं।
यहाँ एक गहिरो सत्य छः
मानिसले आफुलाई तयार नभएसम्म बदलिँदैन।
र परिवर्तन कहिल्यै बाहिरी दबाबले हुँदैन—
भित्री बोधले मात्रै हुन्छ।
त्यसैले अरूलाई बदल्न खोज्नु भनेको
समुद्रलाई खल्तीमा राख्ने प्रयास जस्तै हो—
असम्भव र थकाउने।
साँचो हल्का क्षण
जीवनमा एकदिन यस्तो समय आउँछ,
जहाँ हामी थाकेर, हारेर होइन
बुझेको कारण
शान्त हुन सिक्छौं।
त्यो क्षण यस्तो सुच्छ र शक्तिशाली हुन्छ—
“उनीहरू जस्तो छन्, त्यस्तै रहुन्।
म भने आफैंलाई प्रेम गर्न सिक्छु।”
यही वाक्यसँगै मन हल्का हुन्छ,
छातीबाट भारी तुच्चिन्छ,
शरीरले पनि राहतको सास फेर्छ।
तनाव हटाउने सबैभन्दा छिटो उपाय
अरूमा होइन, ध्यान आफैंमा दिनु।
तपाईं कसैको प्रतिक्रियाको मालिक होइन,
तर आफ्नो धारणाको मालिक अवश्य हुनुहुन्छ।
जसरी छन्, सबैलाई त्यसरी नै रहन दिनु।
उनीहरूलाई उनीहरूको यात्रामा
रहन दिनु नै
आफ्नो यात्रा सुरक्षित बनाउनु हो।
किनभने—
तपाईंले नियन्त्रण गर्न सक्ने
एक मात्र व्यक्ति
तपाईं स्वयम् हुनुहुन्छ।
जब तपाईं आफूलाई स्वीकार्न थाल्नुहुन्छ…
त्यो क्षण जादू हुन्छ।
न कुनै बाहिरी हलचल,
न कुनै मानसिक झञ्झट।
जीवन स्वतः–सहज बन्छ।
मन हल्का हुन्छ।
शरीर रिल्याक्स हुन्छ।
र आत्माले भन्छ—
“बस, अब ठीक छ।”
साँचिकै—
आफूलाई स्वीकार्ने बित्तिकै
जीवन शान्त, सरल र सुन्दर बन्न थाल्छ।
अन्त्यमा…
अरूलाई बदल्ने प्रयासले
तपाईं थाक्नुभएको होला,
घाइते हुनुभएको होला,
धेरै पटक निराशै पनि हुनुभयो।
अब एकचोटि
आफूलाई सम्झेर बाँच्ने प्रयास गर्नुहोस्।
किनकि शान्ति
जहाँ खोज्नुभयो—त्यहाँ छैन।
शान्ति त तपाईंभित्रै
पहिले देखि बसिरहेको छ—
त्यसलाई मात्र स्वीकार्न बाँकी छ।
✍️ दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत, मिडिया ठाँटी प्रा. लि. बालाजु–१६, काठमाडौं !
यदि तपाईंलाई यो विचार मन पर्यो भने,
साझा गर्नुस् — कसैको मन आज
यही शब्दले हल्का हुन सक्छ।



प्रतिकृया दिनुहोस्