सवारी दुर्घटनामा ३ जनाको मृत्यु
तनहुँ, बाँके र धादिङमा घातक ठक्कर, चालक नियन्त्रणमा
काठमाडौं, २४ कात्तिक – आज नेपालका तीन विभिन्न स्थानमा भएको घातक सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
तनहुँ – मिनिट्रकले पैदलयात्री ठक्कर
तनहुँ, शुक्लागण्डकी–५, बेलचौतारामा दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.१ क १८४५ नम्बरको मिनिट्रकले पैदलयात्री ३७ वर्षीया देवी तिवारी पौडेललाई ठक्कर दियो।
गम्भीर घाइते भएकी उनको जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भयो।
मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँके – ट्याङ्करको ठक्करबाट किशोरको मृत्यु
नेपालगंज उपमहानगरपालिका–१६, चौलिक्का चोकमा जा.५ ख ६६९ नम्बरको ट्याङ्करले साइकलयात्री १४ वर्षीय कमलेश पासीलाई ठक्कर दियो।
गम्भीर घाइते भएका कमलेशको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङ – बोलेरोको ठक्करबाट वृद्धको मृत्यु
गल्छी गाउँपालिका–४, मास्टारमा बा.प्र.०१-०२७ च ०३४० नम्बरको बोलेरोले पैदलयात्री ७५ वर्षीय यज्ञ राज अधिकारीलाई ठक्कर दियो।
गम्भीर घाइते भएका अधिकारीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीकाे भनाइ
“दुर्घटनामा संलग्न चालकहरू नियन्त्रणमा छन्। घटनाको पूर्ण अनुसन्धान जारी छ र आवश्यक कारबाही गरिनेछ।”



प्रतिकृया दिनुहोस्