मर्स्याङ्दी किनारमा महिला मृत फेला — स्थानीय स्तब्ध

मर्स्याङ्दी किनारमा महिला मृत फेला — स्थानीय स्तब्ध

तनहुँ, १७ कात्तिक
तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मर्स्याङ्दी नदी किनारमा सोमबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव फेला परेको छ।

मृत फेला पर्ने महिला गोरखा, पालुङटार नगरपालिका–७ की ४६ वर्षीया हरिमाया कुमाल भएको प्रहरीले पुष्टि गरेको छ। स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले शव उठाई पोष्टमार्टमका लागि अस्पताल पठाएकोघटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

यो घटनाले स्थानीय क्षेत्रमा आतङ्क र आशंका फैलिएको छ। धेरैले सामाजिक सञ्जालमा “के यो आत्महत्या हो वा अरू केही?” भन्दै विभिन्न प्रश्न उठाइरहेका छन्।

हरिमाया कुमालप्रति श्रद्धाञ्जली — सत्य छानबिनको सबैले प्रतीक्षा गरौं।