देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको ठूलो अपरेशन एकैदिन २४ जना पक्राउ — “ब्राउनसुगरदेखि ट्रामाडोलसम्म”
काठमाडौं, १३ कात्तिक |
नेपालका विभिन्न ठाउँमा प्रहरीले अवैध लागूऔषध नियन्त्रणका लागि चलाएको अपरेशनमा २४ जना पक्राउ परेका छन्!
केहीले ब्राउनसुगर लुकाएर ल्याउँदै थिए, कोहीले ट्याब्लेटको ब्याग बोकेका थिए — तर प्रहरीको आँखाबाट बच्न सकेनन् 👮♂️💊
🔴 सुनसरी:
इनरुवाबाट २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित ३७ वर्षीय ओमनाथ घिमिरे पक्राउ।
धरानबाट स्पास्मो, डिकोलिक र ट्रामाडोल गरी सयौं ट्याब्लेट सहित २१ वर्षीय रेहान लिम्बू पक्राउ।
🟠 बाँके र बर्दिया:
नेपालगन्जमा ब्राउनसुगर ४९ ग्राम ५१० मिलिग्राम सहित चाँद अलि शेष र बब्लु शेष पक्राउ।
बर्दियाको बढैयातालमा साइकलबाहक दुई युवक भारतबाट लागूऔषध ल्याउँदै गर्दा पक्राउ, अर्को समूह पनि ४५० मिलिग्राम ब्राउनसुगरसहित समातियो 🚲💨
🟡 सल्यान:
शारदा नगरपालिकामा ३ ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ, उनीहरूले प्रयोग गरेका ३ वटा मोटरसाइकल समेत बरामद 🏍️
🟢 कैलाली:
धनगढीमा २३० मिलिग्राम ब्राउनसुगर सहित २ जना पक्राउ, भारत सीमाबाट नेपाल प्रवेश गर्ने क्रममा समातिएका 👣
🔵 पर्सा:
बलुवा चोकबाट नाइट्राजेपामका १०० ट्याब्लेट सहित २३ वर्षीय विज्ञान बस्नेत पक्राउ — भारतबाट पैदल आउँदै गर्दा 🤚
🟣 कास्की र तनहुँ:
पोखरा–१७ बाट डाइजेपाम, फेनारगन, नुर्फिन का सयौं एम्पुल सहित २ जना पक्राउ।
तनहुँमा बस यात्री बनेर हिँड्दै गरेका २६ वर्षीय बिवश तामाङ ४३८ ट्रामाडोल ट्याब्लेट सहित पक्राउ 🚌💊
🟤 झापा:
कमल गाउँपालिकामा सबैभन्दा ठूलो बरामद!
एकै ठाउँबाट ८०० ट्रामाडोल, ३०० स्पास्पेन, ५०० डाइक्लोमाइन ट्याब्लेट फेला — ५ जना पक्राउ।
इलाका प्रहरी कार्यालय दमकले घरमै छापा मारेर लागूऔषध बरामद गरेको हो 🔍
👮♂️ प्रहरीको भनाइ:
“सवै घटनामा अनुसन्धान जारी छ। लागूऔषध कारोबारविरुद्ध देशभर कडा कारबाही सुरु गरिएको छ।”



प्रतिकृया दिनुहोस्