विभिन्न स्थानमा डुबेर चारजनाको मृत्यु

विभिन्न स्थानमा डुबेर चारजनाको मृत्यु

काठमाडौं, ९ कात्तिक

देशभरका विभिन्न स्थानमा आइतबार डुब्ने घटनामा चारजनाको मृत्यु भएको छ।

सिराहा जिल्लाको अर्नमा गाउँपालिका–५ पछवारी टोलका ८० वर्षीय फुसयाही यादवको सोही ठाउँस्थित धोबियाही पोखरीमा डुबेर मृत्युभएको प्रहरीले जनाएको छ।

त्यसैगरी सिरहा नगरपालिका–५ मानपुरका १९ वर्षीय निसान गोहीवारको कमला खोलामा डुबेर मृत्यु भएको हो। डुबेर अशक्त भएका उनलाई प्रादेशिक अस्पताल सिराहा पुर्‍याइए पनि उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

उता रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर ८ वर्षीय अनिस बैठाको मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनलाई प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि बचाउन सकिएन।

त्यसैगरी रौतहटको बौधिमाई नगरपालिका–८ स्थित लाल बकैया खोलामा डुबेर १२ वर्षीय सकुन्तला कुमारी साहको पनि ज्यान गएको छ।

यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ।