विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

भक्तपुर, २ असोज

र्यविनायक नगरपालिका१० भंगाल बस्ने ३८ वर्षीय सकुल ढकालको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ४९ हजार २ सय ५५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढगरपालिका-५ घर भएका जिन श्रेष्ठको कोठाबाट नगद, सुन तथा चाँदीका गरगहना समेत गरी करिब ५ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।