डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, २४ असोज

उदयपुर, कटारी नगरपालिका- भोर्ले बस्ने तेज बहादुर श्रेष्ठको छोरा १५ वर्षीय बिनित श्रेष्ठको सोही ठाउँस्थित तावा खोलामा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, यमुनामा गाउँपालिका-२ भेडियाही टोल बस्ने रामसोगारथ रामक छोरी १६ महिनाकी प्रियान्सु कुमारी रामको आफ्नै घरमा जिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बिहीबार साँझ मत्यु भएको छ । डुबेर अशक्त भएकी नको सगरमाथा तरा हस्पिटल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।