आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २४ असोज

सप्तरी, रूपनी गाउँपालिका-रूपनी बस्ने ललित यादवको घरमा विद्युत सर्ट भई बिहीबार राति लागेको आगो फलिएर सोही ठाउँ बस्ने अन्य ३ जना व्यक्तिरूको घरमा समेत आगलागी हुँदा चारै जनाको गरी करिब ५० लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, मटिहानी नगरपालिका-८ बस्ने ३५ वर्षीय लक्ष्मी खत्वेको आफ्नै घर अगाडि पार्किङ गरी राखेको ज.१ ह.३४७२ नम्बरको अटोमा गए राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा वश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।