अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं, ११ असोज    

उदयपुर, उदयपुगढी गाउँपालिका-७ कमानबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ८ सय ५२ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिला देवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका११ गणेशपुरबाट अवैध लागूऔष ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहीगरपालिका-८ कोठिया गाउँ बस्ने २४ वर्षीय रोहित थारू र २२ वर्षीय रूपेश थारू रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।