इमादार नेता र अनुशासीत नागरिक हुन सके देशको विकास सम्भव छ : मन्त्री गुरुङ
काठमाडौँ, १३ भदौ
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले इमानदार नेता र अनुशासीत नागरिक हुन सके देशको विकास सम्भव हुने बताउनुभएकोछ ।
काठमाडौँमा आज नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को २९ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मुलुकको सुशासन र समृद्धिमा जोड दिन इक्यान जस्ता संघले महत्वपुर्ण भुमिका खेल्न सक्ने पनि बताउनुभयो । पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने संख्या बृद्धि हुदै गर्दा स्वदेशमै युवा फर्काउन जरुरी रहेको पनि उहाँले इक्यानप्रति ध्यानार्कषण गराउनुभयो । युवा उच्चशिक्षाका लागि विदेश जानु सकारात्मक हो तर, इक्यान कै पहलमा ति युवालाई स्वदेशमा भविष्य देखाउने दायित्व पनि हुनु पर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,“इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गरि स्वदेशमै नविन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ ।”
मन्त्री गुरुङका अनुसार नेपाल विकासका प्रशस्त सम्भावना भएको देशलाई शैक्षिक हब बनाउने आधार सिर्जना गर्न पनि क्यानलाई सुझाव दिनुभयो । यसका लागि शिक्षा नीति, ऐन र कानुनको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमा युवाको उत्साहलाई टिकाउनु अहिलको मुख्य विषय बनेको बताउनुभयो । कार्यक्रममा इक्यानका अध्यक्ष शेसराज भट्टराईले विश्वमा नेपाली विद्यार्थीले प्रतिस्प्रर्धा गर्न सक्ने हुनु, नविन कार्यमा प्रतिष्ठीत हुँदै जानु इक्यानको सफलता रहेको बताउनुभयो । यसलाई सरकारले सकारात्मक रुपमा धारणा बनाउन पनि उहाँले आग्रह गर्नुभयो । यद्यपी इक्यानले विश्वमा गुणस्तर शिक्षा प्राप्त गरेका विद्यार्थीलाई फर्केर स्वदेशमै सेवा गर्ने भावनाको विकास गराउने इक्यानको भावी उदेश्य रहेको पनि प्रष्ट पार्नुभयो । Source : Madhu Shahi



प्रतिकृया दिनुहोस्