त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!

त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!

काठमाडौं — रसुवाको त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले उदाहरणीय सामाजिक उत्तरदायित्व प्रस्तुत गरेका छन्। बैंकमा कार्यरत कर्मचारीहरूले आफ्नो इच्छाले तलबबाट कट्टा गरी ४५ लाख ७९ हजार ३५३ रूपैयाँ ५० पैसा (Rs 45,79,353.50) ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गरेका हुन्।

प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा उक्त रकम संकलन गरेका हुन्। संकलित सहयोग रकमले बाढीबाट प्रभावित परिवारहरूलाई राहत र पुनर्निर्माणमा ठूलो मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विपद्को समयमा पीडित नागरिकको साथमा उभिने परम्परालाई निरन्तरता दिँदै आएको छ। बैंकका कर्मचारीहरूको यो सामूहिक योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको दायित्वलाई अझ प्रगाढ र मजबुत बनाएको बैंकले जनाएको छ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्नर्माणका लागि रु. ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको छ। साथै, बाढीपीडितको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई रु. ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायतका अत्यावश्यक विपद् व्यवस्थापन सामग्रीहरू समेत उपलब्ध गराएको थियो।