NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!
काठमाडौं — NMB बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल प्रविधिमार्फत सहज कर्जा तथा किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) सँग एक महत्त्वपूर्ण सम्झौता गरेको छ। यस सम्झौता अनुसार NMB बैंक ‘LOOP Network’ मा ‘इस्युअर बैंक’ (Issuer Bank) को रूपमा आबद्ध भएको छ।
यस सहकार्यपछि NMB बैंकका ग्राहकहरूले ‘LOOP Network’ मा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (‘लूप क्रेडिट’) सुविधा प्राप्त गर्न सक्नेछन्। यसले सर्वसाधारणलाई तत्काल ठूलो रकम नभए पनि आवश्यकता अनुसारका सामानहरू तुरुन्तै खरिद गर्न सहज बनाउनेछ।
यति मात्र नभई, ग्राहकहरूले आफ्नो NMB डेबिट कार्ड वा क्यूआर (QR) कोडमार्फत गरेको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (‘लूप EMI’) मा रूपान्तरण गर्न सक्नेछन्। यो सुविधाले ग्राहकहरूलाई तत्काल वित्तीय पहुँच प्रदान गर्नुका साथै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल तरिकाले भुक्तानी गर्न ठूलो मद्दत पुर्याउने बैंकले जनाएको छ।
बैंकहरूमा डिजिटल प्रविधिलाई अझ प्रभावकारी र ग्राहकमुखी बनाउने उद्देश्यले ल्याइएको यो सेवाले बजारमा नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। NMB बैंकले हाल देशभर रहेका १७९ शाखाहरू, १७६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।



प्रतिकृया दिनुहोस्