राष्ट्रिय शिक्षा दिवसमा नवजागृति चण्डी माविका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
गोरखा । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीयुक्त सक्षमता’ भन्ने मूल नाराका साथ मनाइँदै गरिएको राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा भिमसेन थापा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेशाल, गोरखाले आयोजना गरेको विज्ञान प्रयोगशाला प्रदर्शन तथा उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान एवं पुरस्कार कार्यक्रममा श्री नवजागृति चण्डी माध्यमिक विद्यालय, अश्राङ का उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरू सम्मानित तथा पुरस्कृत भएका छन्।
श्री शान्ति माध्यमिक विद्यालय, बगुवामा आयोजित कार्यक्रममा आधारभूत तह कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० तथा कक्षा १२ मा उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीहरू र आफ्नो विषयमा उत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
यस अवसरमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा भिमसेन थापा गाउँपालिकाभरि नवजागृति चण्डी माध्यमिक विद्यालय सर्वोत्कृष्टभई पुरस्कृत भएको विद्यालयले जनाएको छ।
पालिकाका उत्कृष्ट विद्यार्थी
कार्यक्रममा विद्यालयका तीन विद्यार्थीले पालिकास्तरीय उत्कृष्टता हासिल गरेका छन्।
- आधारभूत तह कक्षा ८: पालिका प्रथम छात्र एम्युन श्रेष्ठ — ३.९४ GPA
- माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १०: पालिका प्रथम छात्रा कोपिला भट्ट — ३.९२ GPA
- कक्षा १२: पालिका प्रथम छात्र आसिम मिया — ३.६२ GPA
उनीहरूलाई नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
उत्कृष्ट GPA सहित शतप्रतिशत नतिजा दिलाउने शिक्षक
आफ्नो विषयमा उत्कृष्ट GPA सहित शतप्रतिशत नतिजा हासिल गराउन सफल शिक्षकहरू पनि सम्मानित भएका छन्।
- कक्षा ८ नेपाली — रामचन्द्र वाग्ले
- कक्षा ८ अङ्ग्रेजी — भूमि गोतामे
- कक्षा ८ गणित — दीपक ढकाल
- कक्षा १० ऐच्छिक गणित — साजन रिमाल
- कक्षा १२ लेखाविधि तथा व्यावसायिक अध्ययन — किरण पराजुली
शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक
माध्यमिक तह कक्षा १० को SEE तथा कक्षा १२ को परीक्षामा आफूले अध्यापन गराएको विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको छ।
- कक्षा १० र १२ अनिवार्य नेपाली — कल्पना तिमल्सिना
- कक्षा १२ सामाजिक — टोप प्रसाद भुसाल
- कक्षा १२ शिक्षा र विकास — देवीबाबु कोइराला
- कक्षा १२ ऐच्छिक नेपाली — गणेश ढकाल
- कक्षा १२ शैक्षणिक पद्धति तथा मूल्याङ्कन — भूमि गोतामे
- कक्षा १२ अर्थशास्त्र — भगवती भट्ट पाण्डे
विद्यालय परिवारले उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूको सम्मानलाई विद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
विद्यालयले पालिकास्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी एम्युन श्रेष्ठ, कोपिला भट्ट र आसिम मिया लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानित तथा पुरस्कृत सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति धन्यवाद एवं कृतज्ञता व्यक्त गरेको छ।
विद्यालय परिवारले आगामी दिनमा पनि शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय समुदायको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै सम्मानित सबैलाई थप सफलता, सकारात्मक ऊर्जा र उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना दिएको छ।
तस्बिर : ठाकुरप्रसाद पाण्डे, प्राचार्य, श्री नवजागृति चण्डी माध्यमिक विद्यालय




प्रतिकृया दिनुहोस्