घरबाट १४ तोला सुनका गरगहना चोरी, चोरको खोजी तीव्र

घरबाट १४ तोला सुनका गरगहना चोरी, चोरको खोजी तीव्र

लमजुङ, ३१ भदौ । लमजुङको बेँसीशहरमा एक महिलाको घरबाट करिब १४ तोला सुनका विभिन्न गरगहना चोरी भएको छ।

बेँसीशहर नगरपालिका–७, चण्डीडाँडाकी ४९ वर्षीया गोमा घिमिरेको घरबाट बुधबार बिहान सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आशंका गरिएका हाल फरार व्यक्तिको खोजी गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरमा कोही नभएको मौका छोपी चोरी भएको हुनसक्ने आशंका गरिएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।