नियन्त्रित लागूऔषध बरामद

नियन्त्रित लागूऔषध बरामद

सुनसरी, १३ असोज

भोक्राहा नरसिंह गाउँपालिका-२ नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ८ सय ६० ट्याब्लेट आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूले जेब्रा झोला फाली फरार भएपश्चात जेब्रा झोला तलासी गर्ने क्रममाउक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।