डुबेर मृत्यु

डुबेर मृत्यु

कञ्चनपुर, २० असार  

भीमदत्त नगरपालिका–८ तिलाचौड बस्ने सुरज सिंहकी छोरी डेढ वर्षीया प्रिया सिंहको आफ्नै घरकोआँगनमा रहेको बाल्टिको पानीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।