अवैध लागूऔषध सहित पाँच जना पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं, ११ असार

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगर टोलबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ट्यब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ हरियालीनगर बस्ने २९ वर्षीयअबिनाश परियार, सोही नगरपालिका-४ दुर्गा मन्दिर बस्ने २६ वर्षीय भरत विक र २६ वर्षीय समिप पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।

बर्दिया, राजापुर नगरपालिकभन्सार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ ग्राम ३ सयमिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर थाना तिकुनिया बस्ने ३६ वर्षीय गुरपाल सिंहभारत निगोरी साजानपुर बस्ने २८ वर्षीय अमृत पाल सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपि ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।