डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १३ जेठ

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित दहमा डुबेर हाल नाम, थर वतन नखुलेका अन्दाजी १२ वर्षीय बालकको सोमबार दिउसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, लक्ष्मपुर पतार गाउँपालिका-६ सितापुर बस्ने ४५ वर्षीय बिन्देश्वर साहको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।