छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, १३ जेठ

मकवानपुर, थाहा नगरपालिका-स्थित सडकमा गोपाली गाबाट थानाबजारतर्फ जादै गरेको बा.३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जन पैदलयात्रीहरूो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गरपालिका-९ चित्लाङ बस्ने४० वर्षीय कृष्ण बलामी, सप्तरी बिष्णुपुर गाउँपालिका-५ बस्ने ३६ वर्षीय लोकेन्द्र कुमार ठाकुरसिराहा औरही गाउँपालिका-१ बस्ने ३३ वर्षीय रघुनन्दन यादव रहेका छन् । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कृष्णलोकेन्द्रको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा रघुनन्दनको नेपाल नेशनल अस्पतालमा पचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएका अन्य जना पैदलयात्रीहरू मध्ये १ जनाको बिएण्डबि अस्पताल काठमाडौंमा १ जनाको नेपाल नेशनल अस्पताल कलकी काठमाडौंमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

पर्सा, वीरगंज महानगरपालिका-७ कुमाल टोलमाम.प्र.०३-००२ ४३८८ नम्बरको लोडरको ठक्करबाटपैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीयपुरको सोमबार ाति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यरो अस्पताल परवानीपुर बारामा थप उपचारको क्रममा मृत्यु भएकोो । लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-३ निम्दीस्थित सडकमा सुखडबाट भजनीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँबस्ने ५५ वर्षीय मान बहादुर चौधरीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलस्थित सडकमा अम्रसाबाट चोरमारातर्फ आउदै गरेको लु. ८११६ न्बरको मोटरसाइकल अनियन्त्रित भईमंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल २२वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाते भएका उनीहरूको प्रादेशिक अस्पताल डण्डामाउपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।