विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

ललितपुर, २५ वैशाख

​महालक्ष्मी नगरपालिका–२ डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भएकी ३३ वर्षीया भवानी कोईरालाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ८४ हजार ८ सय २९ रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।  

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।