सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, चैत  

तनहुँ, म्याग्दे गाउँपालिका-४ ओटाङदीस्थित सडकमा ओटाङदीबाट हाईबेतर्फ जाँदै गरेको .१ त ५६८९ नम्बरको टयाक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा सहचालक सोही गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय सुक बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडेस्थितसडकमा बोडेबाट मुलपानीतर्फ जाँदै गरेको बा.७१ प ५८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा चालक ओखलढुङगा चिसंखुगढी गाउँपालिका-४ घर भई भक्तपुर बोडे बस्ने २३ वर्षीय धिरण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)