मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २७ फागुन  

काठमाडौं, तार्केश्वर नगरपालिका-१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकीछिन् ।

यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजन सोही नगरपालिका-३ तीनपिप्ले पाँचमाने शिवपुरी जङ्गलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, आदर्शकोतवाल गाउँपालिका-५ टेडाकट्टीस्थित चिउटाही खोलामा सोही ठाउँ बस्ने २६ वर्षीय धेनुक राय यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)