आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १५ फागुन  

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ स्थित रेशम रामाझको घरमा डेरा गरी बस्ने रम पर् घर भएक लोकराज घिमिरेको कोठामा करेन्ट र्ट भई गए रातिआगलागी हुँदा कोठामा रहेका विभिन्न सामानहरू जलेर करिब ९ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपलिका-३ कान्छी चोक बस्ने ईन्द्र बहादुर निरौलाको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, सुर्बण गाउँपालिका-३ बख्तौरास्थित घुरमा बुधबार दिउँसो गाएको आगो फैलिएर सोही ठाउँ बस्ने धर्मराज सहनी समेत ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब ४ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिराहा, गोलबजार नगरपालिका-४ गोल चकस्थितमिनि मार्केट बजारमा सोही नगरपालिका-४ बस्ने नईम मंसुरीले संचालन गरेको रेडिमे कपडा पसलमा बुधबार बेलुकी आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही नगरपालिका-४ बस्ने छेदि साह तेलीको माही इलेक्ट्रोनिक पसलमा समेत आगलाग हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मगरपालिका-३ टिकाथलकरिडोरस्थित हिरा प्रधानको प्रधान अटो पार्ट इन वर्कसपमाबुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

मुगु, छायानाथ रारा नगरपालिका-९ बस्ने गोपाल बमको डाँफे होटलमा गए राति आगलागी हुँदा होटल पर्णरपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

इलाम, इलाम नगरपालिका-९ माईखोला बस्ने गोपाल पाठकले आफ्नै घरमा संचालन गरेको भगवती माता टरिसोलिङ सेन्टरमा करेन्ट सर्ट भई गए राति आगलाग हुँदा घर र ट रिसोलिङ गर्ने मेसिन आंशिक रपमा जलेर क्षतिभएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)