मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १५ फागुन  

काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिराहा, सिरहा नगरपालिका-१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ बस्ने दिपक यादवक छोरी ३ वर्षीया रिंकी कुमारी यादव सोही ठाउँस्थितसार्वजनिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

दार्चुला, नौगाड गाउँपालिका-१ एयरकोट बस्ने ७६ वर्षीयबिरभान सिह महता सोही ठाउँस्थित सोल्याड भिरमा बुधबार मृत अवस्थामा फेला परा छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)