विश्व कपलाइ एक उपहार – गोल
- thantikhabar
- July 2, 2026
102
SHARES
यो डल्लो, गोलो भकुण्डो कसले बनायो?
नाम छैन उसको, तर कस्तो बुद्धि र तागत खन्यायो!
संसारभरि फैलिएको छ यसको साम्राज्य,
एउटै गोलोले हल्लाइदिन्छ सिंगो विश्व आज।
एउटा मैदान, केही रेखा र एउटा जाली,
त्यहीभित्र कैद छन् हजारौँ आँखाका सपनाहरू खाली।
हाँसो र आँसु दुवै मिसिएको यो गोलो,
आज यसैले ढाकेको छ सारा संसार सोलोमोलो।
एउटै शब्द, दुई अक्षरको, तर अर्थ अपार,
कसैले गोल गरिदियो, भयो जयजयकार।
कसैले गोल खायो, भयो हाहाकार,
यही खेलमा लुकेको छ जीवनको सार।
कति ज्यान दौडन्छन्, कति पटक पछारिन्छन्,
तर जितको आशामा फेरि उठेर अघि बढ्छन्।
गोल हेर्दा आँखामा खुसी छाउँछ अपार,
यो डल्लोमा रहेछ साँच्चै जादुको संसार।
म दंग छु, म छक्क छु, उमंगले भरिएको,
उड्दैछ यो गोलो, विश्वभरि फैलिएको।
सबैले आफ्नाले गोल गरिदिएको हेर्न चाहन्छन्,
मायाले संसारलाई एउटै डोरीमा बेर्न चाहन्छन्।
घुँडा, मुन्टो र छातीले खेलाडीहरू कुद्छन्,
जहाँ बल पुग्छ, त्यहाँ गोलकिपर दौडिन्छ।
पृथ्वीकै आकारको यो गोलो डल्लो,
यसकै तागतले त सारा संसार हल्लियो।
— ईश्वरी भट्ट
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्