परदेशी मुस्कान: मन्दाक्रान्त छन्द – परशुराम भट्ट

परदेशी मुस्कान: मन्दाक्रान्त छन्द – परशुराम भट्ट

बिर्सूँ भन्छु, विवश मुटु यो, बर्सिन्छन् आँसुधारा सम्झूँ कस्तो, मखमली थुँगा, प्यारो त्यो देश सारा आमा बुबा, नयन भरिका, तस्बिरै सामु आउँछहाँसोभित्रै, कति छ छटपटी, यो मनै आत्तिहाल्छ ।

धूपी सल्ला, अनि पिरतीका, ती थुम्का बेंसी पाखा रङ्गीचङ्गी, सहर गल्लीका, झल्झली ती नै आँखा बाटो हेर्दै, थकित जननी, पिँढीमा बस्छिन् होला छोरा आउने, दिन गनी गनी, परेली भिज्छ होला ।। 

माटो मेरो, हृदयभरिको, वासना राष्ट्र-भक्ति गाउँबेँसी, सुगन्ध कसिलो, दिन्छ त्यो दिव्य शक्ति छैनन् आमा, यहाँ कति खुसी, यो ठूलो महलमाआफ्नै पाखो, मखमली चौर, प्यारो त्यो आँगनमा ।।।

हाँसी हाँसी, फोटो खिची हालेँ, देखाउन हर्ष भनी भित्रै जल्छ, विरही मन यो, सम्झिएँ मातृ-भूमि चाँडै भेटौँ, जननी जनम, स्वर्गभन्दा छ प्यारोभोकै सुतौँ, तर आफ्नै देशमा, हुन्न है केही गाह्रो ।। ।।