आजको राशिफल: ११ वैशाख २०८३, शुक्रवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। रोकिएका अधुरा कामहरू सम्पादन हुनेछन्। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोगले मन प्रसन्न रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्ने योग छ। आफन्तसँगको वादविवादबाट टाढै रहनु उचित हुनेछ। काममा भने धैर्यताको आवश्यकता छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। सामाजिक कार्यमा रुचि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंका लागि विशेष फलदायी रहनेछ। कार्यक्षेत्रमा पदोन्नति वा प्रशंसा पाउने योग छ। शत्रुहरू परास्त हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। लामो दूरीको यात्राको सम्भावना छ। रोकिएका पुराना कामहरू पुन: सुचारु हुनेछन्। सन्तान सुख प्राप्त हुनेछ।
कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज केही प्रतिकूल समय रहने देखिन्छ। काममा बाधा र ढिलासुस्ती हुनसक्छ। गोपनीयतामा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनु उत्तम हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साझेदारीमा गरिएका कामबाट राम्रो प्रतिफल मिल्नेछ। मनमा नयाँ उत्साह जाग्नेछ। उपहार वा धन लाभको योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साहसी र पराक्रमी कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धामा तपाईंको जित निश्चित छ। स्वास्थ्यमा सुधार आउनेछ। मामापक्षबाट सहयोग प्राप्त हुन सक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बौद्धिक कार्यमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि पढाइमा प्रगति हुने दिन छ। प्रेम जीवनमा नयाँ मोड आउन सक्छ। मनोरञ्जनमा समय व्यतीत होला।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक समस्याले केही तनाव दिन सक्छ। भूमि वा सवारी साधन सम्बन्धी विवाद पर्न सक्छ। आफन्तसँग मनमुटाव हुने सम्भावना रहेकाले बोलीमा नियन्त्रण राख्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुमधुर रहनेछ। सानो प्रयासले ठूलो काम बन्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। कला र संगीतमा रुचि बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक पक्ष बलियो रहनेछ। बोलीको प्रभावले अरूको मन जित्न सफल भइनेछ। कुटुम्बको सहयोगले रोकिएका काम बन्नेछन्। मीठो भोजनको अवसर मिल्नेछ।
आजको शुभ सूचक:
शुभ रङ्ग: सेतो
शुभ अंक: ६
शुभ दिशा: उत्तर



प्रतिकृया दिनुहोस्