आजको राशिफल: २०८२ चैत १३ गते, शुक्रवार
आज श्री राम नवमी को पावन अवसर। ग्रहहरूको चाल र गोचर अनुसार आजको दिन तपाईंका लागि कस्तो रहनेछ? हेर्नुहोस् मेषदेखि मीनसम्मको राशिफल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन पराक्रम बढ्नेछ। रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा पुरा हुनेछन्। छोटो दुरीको वैदेशिक यात्राको योग छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
-
शुभ रङ्ग: रातो
-
शुभ अङ्क: १
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष बलियो रहनेछ। बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ। कुटुम्ब वा आफन्तबाट सहयोग मिल्नेछ। खानपानमा विशेष ध्यान दिनुहोला।
-
शुभ रङ्ग: सेतो
-
शुभ अङ्क: ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कामको सुरुवात गर्ने अवसर मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। पारिवारिक सुख र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। उपहार प्राप्तिको योग छ।
-
शुभ रङ्ग: हरियो
-
शुभ अङ्क: ५
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्ने सम्भावना छ, त्यसैले लगानी गर्दा सचेत रहनुहोला। अनावश्यक विवादबाट टाढै रहनु उचित हुनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्न सक्छ।
-
शुभ रङ्ग: गुलाबी
-
शुभ अङ्क: २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाजुभाइ वा मित्रहरूको सहयोगले ठूलो उपलब्धि हासिल हुनेछ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुने समय छ।
-
शुभ रङ्ग: सुन्तला
-
शुभ अङ्क: ९
कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको सम्भावना छ। सरकारी काममा रहेका बाधाहरू हट्नेछन्। दिन फलदायी रहनेछ।
-
शुभ रङ्ग: गाढा हरियो
-
शुभ अङ्क: ४
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा शैक्षिक कार्यहरू अगाडि बढ्नेछन्। लामो दुरीको यात्रा फलदायी हुनेछ। समाजसेवामा मन जानेछ।
-
शुभ रङ्ग: आकाशे नीलो
-
शुभ अङ्क: ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वास्थ्यमा केही सामान्य समस्या देखिन सक्छ, सतर्क रहनुहोला। काममा केही ढिलासुस्ती हुनाले मन खिन्न हुन सक्छ। गोप्य कुराहरू कसैलाई नभन्नु नै उत्तम हुनेछ।
-
शुभ रङ्ग: कलेजी
-
शुभ अङ्क: ८
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साझेदारी व्यवसायमा राम्रो नाफा मिल्नेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ। नयाँ मानिसहरूसँग भेटघाट हुने र सम्बन्ध विस्तार हुने समय छ।
-
शुभ रङ्ग: पहेंलो
-
शुभ अङ्क: ३
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू परास्त हुनेछन्। पुराना रोगहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षा वा खेलकुदमा सफलता हात लाग्नेछ। मामाघरबाट शुभ समाचार आउन सक्छ।
-
शुभ रङ्ग: कालो/नीलो
-
शुभ अङ्क: २
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानबाट सुख प्राप्त हुनेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन सुखद रहनेछ।
-
शुभ रङ्ग: खरानी
-
शुभ अङ्क: ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक समस्याले केही चिन्तित तुल्याउन सक्छ। घरजग्गाको कारोबार गर्दा सोचविचार पुर्याउनुहोला। अनावश्यक जिद्दी गर्ने बानीले विवाद निम्त्याउन सक्छ।
-
शुभ रङ्ग: सुनौलो
-
शुभ अङ्क: ५



प्रतिकृया दिनुहोस्