गोरखा बाढी अपडेट: २६ घर ध्वस्त, ५ बेपत्ता, ४८ को उद्धार, उद्धारमा खटियो विशेष प्रहरी टोली!
गोरखा, गोरखाको चुमनुव्री गाउँपालिकामा बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। लोक्पादेखि चुम्लिङको बीचमा गएको विशाल पहिरोका कारण नदी अवरुद्ध हुँदा आएको यस विपद्ले स्थानीय बासिन्दाहरूलाई त्रसित बनाएको छ। यस दुःखद घटनामा परेर ५ जना स्थानीय...


