ठाँटि विशेष

डुबेर मृत्यु

डुबेर मृत्यु

कास्की, १९ चैत, पोखरा महानगरपालिका-३३ बागमाराको पशुपतिघाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-३३ चैनपुर बस्ने ६२वर्षीय चन्द्र प्रसाद पौडेलको मृत्यु भएको छ । बुधबार साँझ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेती नदीको हाइड्रोपावरको ड्याम नजिक उनको शव बिहीबार बिहान फेला पारेको हो । यस…

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

कैलाली, १९ चैत,​ धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैधलागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (स्रोत – नेपाल प्रहरी प्रधान…

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    दाङ, १९ चैत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    मोरङ, १९ चैत, रतुवामाई नगरपालिका-१ कल्याणपुर बस्ने इश्वरलाल सरदारको घरबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    काठमाडौं, १९ चैत, धनुषा, धनुषाधाम नगरपालिका-५ धनुषाधाम बस्नेजाजरकोट घर भएका ३० वर्षीय देवराम सिंहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-१० हार्सर टोलस्थित एनसेल कम्पनीको टावरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, १९ चैत, बारा, कलैया उपमहानगरपालिका-१ कलैया टोल बस्ने ५६ वर्षीया जोनी देवी कलवारीनको आफनै घर छेउमा रहेको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, त्रिपुरासुन्दरी...

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    ललितपुर, १९ चैत, ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमाना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...

  • जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

    काठमाडौं, १९  चैत, ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गीसमेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाईनगद ९ लाख ७ हजार ९ सय...

  • सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

    सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

    काठमाडौं, १९ चैत, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरीदिने भनि सार्वजनिक...