नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
काठमाडौं, २० मई २०२६, नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । १८ मे २०२६ का दिन काठमाडौंमा मा आयोजित यो समिट नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिंग एण्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन), र फेडेरेसन अफ एक्सपोर्ट इन्त्रप्रेन्योर्स नेपाल (फीन) को संयुक्त पहलमा ‘‘उद्यमशीलता, लगानी र नवप्रब्रर्तनद्वारा नेपालको अर्थतन्त्रको रूपान्तरण” भन्ने मूल विषयवस्तुका साथ आयोजना गरिएको थियो ।
प्रतिनिधिसभाका सभामुख तथा मुख्य अतिथि महामहिमदोलप्रसाद आर्यालले मुख्य सम्बोधन गर्दै यस अवसरकोसदुपयोग गर्न सामूहिक प्रयासको आवश्यकतामा जोडदिनुभयो। उहा“ले सरकार, निजी क्षेत्र, नागरिक समाजर सम्पूर्ण सरोकारवालाहरूलाई नेपालको राष्ट्रियअर्थतन्त्र सुदृढ गर्न आ–आफ्नो तर्फबाट योगदान र्पुयाउनआह्वान गर्नुभयो।
समिटका मुख्य वक्ता तथा अर्थमन्त्री डा. स्वर्णिमवाग्लेले वर्तमान सरकारले आर्थिक नीति र शासनव्यवस्था दुवैमा आमूल परिवर्तन ल्याउन स्पष्ट जनादेशप्राप्त गरेको र यसको प्रभाव सार्वजनिक तथा निजी क्षेत्रदुवैले अनुभव गर्न सक्ने गरी काम भइरहेकोबताउनुभयो। उहा“ले यो प्रतिबद्धता राष्ट्रिय स्वतन्त्रपार्टीको १०० बु“दे बाचपत्रमा समेटिएको उल्लेखगर्नुभयो । डा. वाग्लेले समान अवसरका आधारमासामाजिक विकासका लागि सरकारको ध्यान केन्द्रितभएको र ऊर्जा तथा डिजिटल सम्पर्कता नेपालको दिगोविकासका मुख्य आधार भएको जोड दिनुभयो। उहा“लेलगानीकर्ताहरूलाई सरकार पूर्णतः लगानी मैत्री र निजीक्षेत्र मैत्री भएको आश्वासन दिँदै निजी क्षेत्रलाई कुनैपनि डर नराखी आत्मविश्वासका साथ लगानी गर्नआग्रह गर्नुभयो।
निक्कीका कार्यवाहक अध्यक्ष कुणाल कयालले नीतिनिर्माताहरू, व्यापारिक नेताहरू, वित्तीय संस्थाहरू, उद्यमीहरू र विकास साझेदारहरूलाई साझा विकासकाचुनौती समाधान गर्न एउटै मञ्चमा ल्ययाउनुको महत्त्वमाप्रकाश पार्नुभयो। उहा“ले निक्की एक द्विराष्ट्रिय उद्योगवाणिज्य संघको रूपमा व्यापार, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्कता र एकीकृत वित्तीय सहजीरणकाक्षेत्रमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध मजबुतबनाउन सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो।नेपालले आर्थिक गति पुनःस्थापित गर्दै लगानी विश्वासअभिवृद्धि गर्ने प्रयास जारी राखेको सन्दर्भमा कार्यवाहकअध्यक्ष कयालले सरकार–निजी क्षेत्र संवादसहजीकरण, सीमापार साझेदारी प्रवद्र्धन र आर्थिकसहयोग अभिबृद्धिको कार्य अगाडि बढाउने निक्कीकोप्रतिबद्धता दोर्होयाउनुभयो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरभट्टले मध्यपूर्वमा भूराजनीतिक तनाव र विश्वअर्थतन्त्रमा कृत्रिम बुद्धिमत्ताको दुत एकीकरणले निर्मितजटिल वैश्विक वातावरणलाई स्वीकार गर्नुपर्नेबताउनुभयो। तथापि, उहा“ले यी परिस्थितिहरूलेसहकार्य र विश्वास निर्माणका नया“ अवसरहरू पनिखोलेको बताउनुभयो। प्रत्यक्ष वैदेशिक लगानीकोविषयमा डा. भट्टले विगत पा“च वर्षमा ९७ अर्ब रुपैया“लाभांश बहिर्गमन भएको देखिन्छ भने खुद बिदेशीलगानी आप्रवाह ६० अर्ब रुपैया“ भएको उल्लेखगर्नुभयो, जसले नेपालमा लगानीको राम्रो प्रतिफल प्राप्तहुने देखाउ“छ र विदेशी लगानीकर्ताहरूका लागिनेपालमा लगानी गर्ने अवसर विद्यमान रहेको पनि योतथ्यांङ्कले पुष्टि गर्छ भन्ने बताउनुभयो ।
प्यानल सत्रमा भारतको लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमापार एकीकृत आर्थिकसम्बन्धले प्रस्तुत गरेको महत्त्वपूर्ण अवसरमा जोडदिनुभयो। उहा“ले भारतको छिमेकी पहिलो नीति रक्षेत्रीय आपूर्ति श्रृंखला सम्बन्धी पहल जस्ता रणनीतिकनीतिहरूले छिमेकी देशको रूपमा नेपाललाई अनुकूलस्थितिमा राखेको बताउनुभयो। नेपालले ७ प्रतिशतकोआर्थिक वृद्धिको लक्ष्य राखेको सन्दर्भमा डा. शर्मालेभारतस““ग गहिरो एकीकृत आपूर्ति श्रृंखलाले नेपालकोव्यापार र औद्योगिक विकासमा सार्थक योगदान र्पुयाउनसक्ने बताउनुभयो।
सम्मेलनको समापन सत्रमा माननीय परराष्ट्र मन्त्री श्रीशिशिर खनालले सुशासन, नीतिगत पूर्वानुमानयोग्य रसंरचनात्मक सुधारद्वारा सञ्चालित द्रुत तथा दिगोआर्थिक विकासका लागि सरकारको दृष्टिकोण प्रस्तुतगर्नुभयो। आर्थिक कूटनीतिको बढ्दो महत्वलाई उल्लेखगर्दै मन्त्री खनालले लगानी प्रवद्र्धन, प्रविधिसाझेदारीलाई प्रोत्साहन र सरोकारवाला पक्षहरूसंगकोसंलग्नतालाई सुदृढ बनाई थप व्यावसायिक अनुकूलवातावरण सिर्जना गर्ने सरकारको प्रतिबद्धतामा जोडदिनुभयो।



प्रतिकृया दिनुहोस्