सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

काठमाडौं, १९ चैत, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्रा गरेको छ ।

काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथासेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रौतहट घर भएक ३६ वर्षीय बल बहादुर सुनार समेत ८ जनालाई सानोभर्‍याङस्थित यातायात कार्यालयबाटप्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका१४ कुलेश्वर घर भएक २५ वर्षीय पासाङ तामाङ समेत ८ जनालाई गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद लाख २२ हजार रूपैयाँ र ५३ थान बिलबुक समेत बरामद गरेको

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।


(समाचार स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)