अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

कैलाली, १९ चैत,धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैधलागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


(स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)