जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौं, १९  चैत, ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौंहानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गीसमेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ्रहरी वृ्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाईनगद लाख हजार सय ७५ रूपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार सय ३० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-४ बस्ने ६७ वर्षी पुष्प राज पन्त लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूला नगद ५७हजार सय ७० रूपैयाँ र बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


(समाचार स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)