विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको हो।


