राष्ट्रिय योजना आयोगको बैठक : आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
- thantikhabar
- May 30, 2025
150.9K
SHARES
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२÷०८३–२०८४÷०८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो । सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२÷०८३ वार्षिक आय र व्ययको विवरण समाहित हुनेछ ।
बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रुप दिइ अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।
आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको प्रस्तुति गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने कााम भइरहेको जानकारी गराउनुभयो । ✍🏻📸 प्रधानमन्त्रीको सचिवालय
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्