Author: thantikhabar

स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित चार जना पक्राउ

पर्सा, २६ साउन । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ प्रदेश २–०३–००३ प ७२१५ र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार सितामढी थाना डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१…

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी, पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी, पाँच जना पक्राउ

काठमाडौं, २६ साउन । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउपरेका छन्। पक्राउ पर्नेमा करण ऐर, सुनिता श्रेष्ठ, प्रेम पुरी, अच्युत दुलाल र बिर्खबहादुर विक रहेका छन्। प्रहरीले उनीहरूले क्रोएसिया, युरोप, जापान र क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम लिएको जनाएको छ। प्रहरीका अनुसार प्रेम पुरीले जापान…

  • पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु

    पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु

    सिराहा, २६ साउन । सिराहाको सुखीपुर नगरपालिका–१ शिवनगरमा पोखरीमा नुहाउने क्रममा डुबेर ६५ वर्षीय परथमलाल पासवानको मृत्युभएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा पासवान डुबेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, २६ साउन । कास्की र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकमा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग.१४ प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी धौलागिरी गाउँपालिका–२ लुलाङका...

  • लागूऔषधसहित सात जना पक्राउ

    लागूऔषधसहित सात जना पक्राउ

    काठमाडौं, २६ साउन । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१२ बाट करिब १२ किलो ७ सय ग्राम गाँजासहित सानु परियार, सबिना परियार र ज्ञानुमाया योञ्जन पक्राउ परेका छन्। त्यस्तै, कास्कीको...

  • आजको मौसम समाचार: २०८३ साल श्रावण २५ गते, सोमबार | १० अगस्ट २०२६

    आजको मौसम समाचार: २०८३ साल श्रावण २५ गते, सोमबार | १० अगस्ट २०२६

    काठमाडौं उपत्यका: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै भू–भागमा मनसुनी गतिविधिको प्रभाव रहनेछ। काठमाडौंमा आज मौसम सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ। उपत्यकाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले दैनिक आवतजावत गर्दा...