बाईसधारामा दिनदहाडै चोरी ! २ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल गायब

बाईसधारामा दिनदहाडै चोरी ! २ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल गायब

काठमाडौं, २२ कात्तिक | ठाँटी खबर |
राजधानीको बाईसधारास्थित डेराबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–१६ बाईसधारामा डेरा गरी बस्ने भोजपुर घर भएका ४० वर्षीय उमेश राईको कोठाबाट शुक्रबार दिउँसो नगद र सुनका गरगहना गरी करिब २ लाख २८ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको प्रहरीले जनाएको छ ।

घटना दिनदहाडै भएको र घरमा कोही नभएको बेला चोरले ढोका फोरेर सबै धनमाल लुटेको बताइएको छ ।
चोरीपछि संलग्न व्यक्ति फरार रहेका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको तीव्र खोजी कार्य सुरु गरेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।