जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, १३ असोज

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा र्यविनायक गरपालिका-१० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।