छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं, ११ असोज
महोत्तरी, गौशाला नगरपालिका-१ रामनगरस्थित सडकमा गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीया सोभा परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शुभस्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी अन्य १ जना पैदलयात्रीको न्यूरो अस्पताल बाँसबारी काठमाडौंमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-४ छिपागढस्थित सडकमा एनएल ०१ एएफ २९३८ नम्बरको ट्याङकरले लु.३६ प २२२१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-१ सिसहिया बस्ने ३० वर्षीया सन्म कुमारी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएकोहो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी रूपन्देही, देवदह नगरपालिका-९ घोडाहस्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.१ ख ९३०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ डेरा गरी बस्ने पाल्पा घर भएकी २८ वर्षीया साक्षी सुनारी मगरको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।
सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा चौहर्बाबाट सिराहातर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६९१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ हटिया बस्ने २० वर्षीयआशिक दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, ब्रह्मपुरी गाउँपालिका-५ स्थित सडकमा एमएच ०४ डिजे १२९७ नम्बरको स्कारपियोले प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने २३ वर्षीय अंकित चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अंकितको न्यूरो अस्पताल जनकपुरमा र रोहितको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममामृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-२ सिजीस्थित सडकमा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख १५७१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६९ वर्षीय भागरती महतोको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।


