आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, १३ वैशाख
सिराहा, धनगढीमाई नगरपालिका-६ सिम्राहा चोक बस्ने ममता चौधरीको खाजा पसलमा ग्यास लिक भई शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने दुतराज मण्डलको खाजा घर, अन्जिरा ठाकुरको खाजा घर र सोनाहीचौधरीको घरमा समेत आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-१ नर्गि टोल बस्ने ५५ वर्षीय नथुनी मियाको घर नजिकै रहेको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।
सल्यान, वनगाड कुपिण्डे नगरपालिका-११ टाट्के बस्ने अर्जुन कुँवरको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ४४ हजार १ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-५ राजपेडास्थित विद्युत प्राधिकरण अपि पावर कम्पनी प्रालिको सोलार आयोजनाको स्विचयार्ड र इन्भर्टरमा विद्युत लाइन चार्ज गर्ने क्रममा शुक्रबार राति आगलागी हुँदा विभिन्न विद्युत्तीय सामाग्रीहरूजलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी रौतहट, राजपुर नगरपालिका-२ फतुहा टोल बस्ने अच्छेलाल साहको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने ४८ वर्षीय शेख समसादको फर्निचरका सामानहरू जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नुवाकोट, बिदुर नगरपालिका-७ अन्तरेटार बस्ने ४५ वर्षीयअच्युत नेपालको अपेक्षा कृषि फर्ममा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, वलानविहुल गाउँपालिका-१ सेहरास्थित कृष्णाइँटा भट्टाको कम्पाउण्डमा रहेको टहरामा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, ग्रामथान गाउँपालिका-७ नेताचोक बस्ने केदार चौहानको घर पछाडी रहेको ग्वाली घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलगी हुँदा ग्वाली घर पूर्णरूपमा जलेर करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-११ स्यावाङ बस्ने गोपाल वलीको घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, लिम्चुङबुङ गाउँपालिका–३ पाप्रे बस्ने बम बहादुर तामाङको घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा घर र घरभित्र रहेको सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र काठपात समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।



प्रतिकृया दिनुहोस्